अब चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब चेक बाउन्स हुँदा कालोसूचीमा नपरिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको चालु आवको मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।

‘चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।

यसअघि चेक बाउन्स भए कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।