स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुईजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ  । स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।

कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसी पक्राउ परेका हुन्। काठमाडौँबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शंका लागेर जाँच गर्दा नगद बरामद भएको हो। 

यसैगरी गैरकानुनी ढङ्गले विदेशी मुद्रा तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ निवासी २२ वर्षीय नुर्पु तामाङलाई दुई सय डलरसहित पक्राउ परेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।