सूर्योदय वोमी लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले साउन ४ गतेदेखि बिक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ बराबरको ४६ हजार ७२९.५४५० कित्ता एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले लघुवित्तलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको एफपीअ‍ो निष्काशनपछि ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।