सांग्रिला होटलका संस्थापक पाण्डेको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सांग्रिला होटलका संस्थापक तथा वरिष्ठ पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ।

होटल संघ नेपालका पूर्वअध्यक्षसमेत रहनुभएका पाण्डेको ग्राण्डी अस्पतालमा उपचारको क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

यसैबीच होटल संघ नेपाललले नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व पाण्डेको निधनप्रति गहिरो दुःख प्रकट गर्दै स्व. पाण्डेप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रही प्रभावकारी नेतृत्व प्रदान गर्नुभएका स्व पाण्डेको निधनबाट देशले पर्यटन विकासको अविभावक तथा सच्चा पर्यटन व्यवसायी गुमाएको संघले जनाएको छ।

निजामती सेवा छोडेर होटल व्यवसाय गरेका स्व. पाण्डेले मुलुकमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न तारे होटेल तथा रिसोर्टहरूको सञ्चालन गरी पर्यटन प्रवर्द्धनमा विशेष योगदान गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।