नागरिक लगानी कोषको सेयर बेच्दै एनआइसी एसिया, प्रतिकित्ता मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक (प्रमोटर) सेयर लिलामीमा आएको छ ।

एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको कोषको उक्त सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र बोलपत्र पेस गर्नसक्नेछन् । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । त्यस्तै, सेयरको भाउ न्यूनतम ७०७ रुपैयाँभन्दा घटाउन पाइने छैन् ।

कोषको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले साउन १४ गतेभित्र एनआइसी क्यापिटल थापाथली, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय, थापाथलीका साथै शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।