प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदको समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभामा दुई तिहाइ सांसदले विश्वासको मत दिएका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाका २७५ सदस्यमध्ये विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदको समर्थन पाएका हुन्।

प्रतिनिधिसभामा मतदान हुँदा २६३ सांसद उपस्थित थिए  विश्वासको प्रश्तावको विपक्षमा जम्मा ७४ मत परेको छ । यस्तै, मत दिन्न भन्नेमा १ मत खसेको छ।

प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको मत प्राप्त भएको छ

विपक्षमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीका सांसदको मत परेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।