कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे नियुक्त भएका छन्।

कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले शनिवार घिमिरेलाई पार्टीको संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेका हुन्।

सिन्धुली १ बाट निर्वाचित घिमिरे पार्टीको केन्द्रीय सदस्य तथा लेखा समितिको संयोजक समेत हुन्।

यसअघि प्रमुख सचेतक रहेका नेता रमेश लेखक गृहमन्त्री बनेपछि रिक्त रहेको सो पदमा सभापति देउवाले घिमिरेलाई नियुक्त गरेका हुन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।