रसुवाले उठायो २० अर्ब ३६ करोड राजस्व

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । रसुवा जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्वि भएको छ । नेपाल–चीनबीचको व्यापार–व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी रु २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको छ । यो राजस्व गत वर्षको तुलनामा २.४ गुनाले वृद्वि भएको हो ।

सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ ।रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।