काठमाडौं महानगरले फेरि सुरू गर्‍यो न्युरोडमा फुटपाथ विस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तारको काम फेरि सुरू गरेको छ ।

उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन आदेश दिएपछि काठमाडौं महानगरपालिकाले बुधबार बिहानैदेखि काम सुरू गरेको हो ।

महानगरले न्युरोड गेटदेखि जुद्ध शालिकसम्मको कालोपत्र सडक भत्काएर फुटपाथ विस्तारको काम सुरू गरेको छ ।

सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माणकर्ता छनोट गरी जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । डिभिजनको हस्तक्षेप विरुद्ध महानगरपालिकाले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले असार ३० गते फुटपाथ विस्तारका लागि महानगरको पक्षमा अन्तरिम आदेश दिएसँगै फेरि काम अघि बढाएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।