वायुसेवा निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्‍यो ४३ करोड ऋण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  वायुसेवा निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्‍यो ४३ करोड ऋण

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि दुवै कोषबाट लिएको ऋण दायित्वमध्ये ४३,०९,५५,२८१ ( त्रिचालिस करोड नौ लाख पचपन्न हजार दुई सय एकासी) रुपैयाँ भुक्तानी गरेको हो। जसमा दुई न्यारोबडी जहाजको २०८१ असार मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक रकम रहेको निगमले जनाएको छ।  

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात निगमले २०८१ आसारसम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए।  

विश्वव्यापी कोरोना महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई आग्रह गरेको छ ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।