सि.जी. मोटर्स नेपालकै सबैभन्दा ठूलो चार्जिङ स्टेशन नेटवर्क विस्तारमा आक्रामक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालको यातायात क्षेत्रमा सीजी मोटर्सले आफ्नो उत्कृष्ट सेवा र व्यापक चार्जिङ स्टेशनहरूको नेटवर्क मार्फत उल्लेखनीय सुधार गर्दै आएको छ। नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र आफ्नो उत्कृष्ट सर्भिस तथा पार्टस सेवाका कारण, सि.जी. मोटर्सले आफ्नो ब्रान्ड छविलाई निरन्तर उचाइमा पुर्‍याइरहेको छ।

सि.जी. मोटर्सले नेपालभर १७५ भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ । निकट भविष्यमा त्यतिनै चार्जिङ्ग स्टेशन थप्ने योजना रहेको कम्पनीले जनाएको छ । यो व्यापक चार्जिङ नेटवर्कले ग्राहकहरूका लागि निर्बाध यात्रा गर्न सक्ने सुनिश्चित गर्दछ।

बालाजु यातायातका सोम प्रसाद तुलाचन भन्छन्, “१८ वटा सवारीसाधनहरू सहज रूपमा चलिरहेको अवस्थामा, सि.जी. मोटर्सबाट प्राप्त सहयोग उत्कृष्ट छ। साथै समय समयमा मेरो गाडीहरु काठमाडौं भन्दा बाहिर जाने गरेको छ। सो समयमा मालई सि.जी.को चार्जिङ्ग नेटवर्कले सहज यात्रा गर्न सजिलो भएको छ। सि.जी.को सर्भिस नेटवर्कले गर्दा म झन ढुक्क भएको छु। ”

सि.जी. मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ। सर्भिस सेन्टरहरुमा उच्च प्रशिक्षित प्राविधिकहरूले हरेक किङ्ग लङ्ग र केवाईसी ईभी भ्यानको ध्यानपूर्वक मर्मत र सेवा गर्ने सुनिश्चित गर्दछ।

अन्नपूर्ण यातायातका तोयनाथ पोखरेल भन्छन्, “सि.जी. मोटर्सले हाम्रो भ्यान किन्न र मर्मत गर्न सजिलो बनाइदिएको छ। चार्जिङ स्टेशनहरूको संख्या बढ्दै जाँदा र सेवा शुल्क कम हुनु हाम्रो लागि यो परिवर्तनकारी भएको छ। काठमाडौँमा ३ वटा स्थानमा सि.जी.को सर्भिस स्टेशन राखेकाले हामीलाई जुन कुनै स्थानहरुबाट सहजै सर्भिस तथा स्पेर उपलब्ध हुने हुदाँ हामी ढुक्क छौं। साथै बजारमा तथा मिडियामा आएका अनेकौं टिप्पणीको पछाडि नलाग्न अनुरोध गर्दछु। ”

सि.जी. मोटर्सको रोडसाइड असिस्टेन्स सेवा, जसले गर्दा कुनै पनि ठाउँमा, तपाईंको सवारीसाधनलाई छिटो र प्रभावकारी सेवा तथा सहयोग गर्न कम्पनी सधैं तयार रहेको छ।

नारायण श्रेष्ठ, गंगामहासागर यातायात, भन्छन्, “किङ्ग लङ्ग भ्यानहरूको उच्च ग्राउण्ड क्लीयरन्स र गाडीको संरचनाले यातायात सेवाको लागि अब्बल छ। सि.जी. मोटर्सको बढ्दो सर्भिस पूर्वाधारले हामीलाई थप गाडी खरिद गर्न प्रोत्साहन गरेको छ।”

सि.जी. मोटर्सले विश्वसनीय, र वातावरणमैत्री यातायात समाधानहरू प्रदान गर्न अग्रणी बनेको छ । सि.जी. मोटर्सको नेपालभर १५ भन्दा बढी सर्भिस स्टेशन रहेको छ। विर्तामोड, इटहरी, लाहान, जनकपुर, सिन्धुली, सुर्खेत, विरगंज, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी साथै काठमाडौँमा, हात्तीवन, चावहिल र भक्तपुर रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।