‘मोदीबेनी’को ‘मन्जुरी’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शंकर कोइरालाले निर्देशन गरेको फिल्म  ‘मोदीबेनी’को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ। एक कार्यक्रमबीच साउन १८ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘मोदीबेनी’ पहिलो गीत सार्वजनिक गरियो।

एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको गीतमा गायक योगीकै संगीत छ। गीत राम अविरल विष्टले लेखेका हुन्। किरण थापाले कोरियोग्राफी गरेको गीतमा अभिनेत्री शिवाकोटी र अभिनेता श्रेष्ठ फिचर्ड छन्।

गीत सर्वाजनिक कार्यक्रममा फिल्मले उठाएका विषयवस्तुका बारेमा चर्चा गरिएको थियो। डेब्यूनिर्देशक कोइरालाले फिल्ममा दर्शकको भावना र वर्तमान परिवेशअनुसारको प्रस्तुति दिने प्रयास गरिएको बताए। उलने भने, ‘सार्वजनिक गीत मन्जुरीमा वर्षा र अमरको प्रेम अङ्कुरणको प्रंसगलाई चर्चा गरिएको छ।’

यस्तै, अभिनेत्री शिवाकोटीले फिल्म आमदर्शकलाई मनोरञ्जनसँगै नयाँ विषयमा ज्ञान दिने भन्दै आफूले निकै आशा बोकेको बताइन्। फिल्म हेर्दा आफ्नै कथा हेरेजस्तो लाग्ने बताइन् ।

दिलीप केसी र हरि श्रेष्ठ निर्माण गरेको फिल्ममा वर्षा र अमरप्रतापसँगै अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराईलगायतको पनि अभिनय छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।