सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र आदान प्रदान गरेका थिए । 

नेपाल सरकारले आफु मातहतका निकायहरुलाई डिजिटाईशेन गर्ने क्रममा लग्दै गएको र सो अन्तर्गतनै अनलाईन मार्फत रोक्का/रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने बिश्वास लिएको बिभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाले बताए । 

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अनलाईन प्रणाली मार्फत रोक्का÷रोक्का फुकुवा गर्दा बैंक तथा बित्तीय संस्थाहरुलाई पनि सहज तथा सरल हुने र बर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पूर्जाको कारोबारबाट बैंकलाई सुरक्षित राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने बिश्वास लिएको बताए । 

बैंकका तर्फबाट कर्जा प्रशासन बिभाग, मार्केटिङ बिभागको समेत उपस्थिती रहेको थियो । बिभागका तर्फबाट कर्मचारी प्रशासन शाखाका निर्देशक हरिकृष्ण सुबेदी, मालपोत तथा भुमिसुधार शाखा (जग्गा प्रशासन) का निर्देशक तथा बिभागका प्रवक्ता रोशनशङ्कर घिमिरे, योजना तथा अभिलेख शाखाका निर्देशक बेदप्रसाद अर्याल, भूसूचना प्रविधिका कम्प्युटर अधिकृत हरिशरण थापा लगायतको उपस्थिती थियो ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।