गुहेश्वरी मर्चेन्टले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले २६ करोड रुपियाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । 

यसैक्रममा यस वित्तिय संस्थाको ८ वर्षे अवधिको, ब्याजदर ९% रहने डिबेन्चर संख्या २,६०,०००, रु. १००० प्रति इकाई दरले रु.२६,००,००,०००/- (अक्षरुपी छब्बीस करोड)बराबरको डिबेन्चर निष्काशन गर्र्ने प्रक्रियामा रहेकोमा एनआईएमबी एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । 

उक्त सम्झौतामा संस्थाका सीईओ तोयराज अधिकारी र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । 

सो अवसरमा संस्थाको सहायक महाप्रबन्धक अर्चना प्रधान तथा क्यापिटलको तर्फबाट अनिल पन्थी र मनिषा दाहालको उपस्थिति थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।