उसुका जुनी र निकेशले गरे अन्तर्राष्ट्रिय प्रशिक्षक कोर्स पुरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदकधारी उसुका निकेश श्रेष्ठ र जुनी राईले अन्तर्राष्ट्रिय प्रशिक्षकको कोर्स पूरा गरेका छन्। 

चीनको जियाङ्सु शहरमा २७ जुनदेखि ३ जुलाईसम्म करिब १ साता चलेको आई डब्लूयूएफ अन्तर्राष्ट्रिय उसु प्रशिक्षक तालिमसँगै उनीहरू अब अन्तर्राष्ट्रिय प्रशिक्षक बन्नयोग्य भएका हुन्। उनीहरू प्राविधिक र सैद्धान्तिक दुवै परीक्षा उत्तीर्ण भएका छन्।

जुनु र निकेश दुवैले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जितेका थिए। उसुको सांसौ विधामा जुनुले स्वर्ण पदक जित्दा निकेशले कास्य पदक हात पारेका थिए।  ​निकेश महासंघका सचिव हुन् भने जुनी नेपाल पुलिससँग आबद्ध छिन्। 

‘यो तालिमबाट धेरै कुरा सिक्ने अवसर मिलेको छ’, निकेशले भने, ‘अब अन्तर्राष्ट्रिय जगतमा नेपाललको स्तर अझ माथि उठाउन यसले सहयोग पुर्‍याउने विश्वास छ।’ प्रशिक्षण कोर्स पूरा गरेकोमा नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले बधाइ दिए। 

प्रशिक्षण कोर्समा नेपाल, भारत, बंगलादेश, मेक्सिको, फ्रान्स,स्लोभेनिया, भेनेजुयला, रोमानिया, लाटभिया लगायत ५५ राष्ट्रको सहभागिता थियो।

यसअघि गत वैशाखमा चीनमै सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले दुई रजत र चार कास्य पदकसहित कुल ६ वटा पदक जित्दा निकेश र जुनी नै प्रशिक्षक थिए। 

तालिम सकेर नेपाली प्रशिक्षकको टोली शनिबार स्वदेश फर्किनेछ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।