पोखरा महानगरपालिकामा अख्तियारको छापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पोखरा महानगरको कार्यालयमा छापा मारेको छ

अख्तियारको पोखरास्थित कार्यालयले महानगरपालिकामा छापा मारेर फाइल र कागजात कब्जामा लिएको छ।

मनिपाल शिक्षण अस्पताललाई दिएको करोडौं कर छुटको बिषयमा परेको उजुरीपछि अख्तियारले महानगरमा छापा मारेको जनाइएको छ।

अनुसन्धानका लागि भन्दै अख्तियारले महानगरका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ।

मनिपाललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिइएको दाबीसहित अख्तियारमा उजुरी परेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।