नक्कली शरणार्थी प्रकरणमा बादलका छोरा प्रतीकलाई थुनामा पठाउन आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पु¥याउने कार्यमा संलग्नताको आरोप लागेका प्रतीक थापालाई काठमाडौं जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउने आदेश दिएको हो । प्रतीक पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा हुन्।

उक्त प्रकरणमा अदालतले थापाको संलग्नता नरहेको भन्न नसकिने बताउँदै अन्तिम फैसला नहुञ्जेलसम्मका लागि पुर्पक्षका लागि  गर्न पाउने आदेश गरेको हो।

थुना आदेशपछि थापालाई अदालतले केन्द्रीय कारागार चलान गरेको छ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा थापालाई पक्राउ गरिएको हो। एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।