फुङलिङ नगरपालिकाका इन्जिनियर १ लाख घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित एक जना इन्जिनियरलाई पक्राउ गरेको छ। अख्तियारको इटहरी कार्यालयले ताप्लेजुङको फुङलिङ नगरपालिका कार्यरत मो. अख्तर हुसैनलाई सोमबार पक्राउ गरेको हो।

उनी फुङलिङ नगरपालिकामा अधिकृतस्तर छैटौँ, सिभिल इन्जिनियर पदमा कार्यरत थिए। हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस लिएको अख्तियारले दाबी गरेको छ।

उक्त रकम घुस लिइसकेको अवस्थामा फुङलिङ नगरपालिका- ४ न्यूरोड ट्याक्सी स्ट्यान्डबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।