भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भेनेजुएला ग्रुप बीको समूह विजेता बन्दै कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ। 

आज बिहान सम्पन्न समुह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो। 

भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए। यो जितपछि भेनेजुएलाले समूह चरणका तिनै खेल जितेर ९ अंकसहित शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ।

त्यस्तै अर्को खेलमा इक्वेडर र मेक्सिको गोल रहित बराबरी खेलेपछि दुवैको ४–४ अंक भएको छ र गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा पुगेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समूह चरणबाट बाहिरिएका छन्।

अब क्वाटरफाइनलमा इक्वेडरले अर्जेन्टिनाको सामना गर्ने छ। यो खेल जुलाई ४ मा हुने छ। त्यस्तै भेनेजुएलाले भने क्वाटरफाइनलमा क्यानडाको सामना गर्ने छ। यो खेल जुलाई ५ मा हुने छ।

प्रतियोगिता अन्तरगत समूह सीका खेल भोलि बिहान हुनेछन्। समूह सीमा उरुग्वे र अमेरिका तथा पनामा र बोलिभिाया आमने सामने हुनेछन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।