सिप्रदी ट्रेडिङले दुइपाँग्रे इलेक्ट्रीक उत्पादन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रमा ४ दशक बढी अनुभव भएको सिप्रदी ट्रेडिङले दुईपाँग्रे इलेक्ट्रीक सवारीसाधन उत्पादन गर्ने भएकाे छ ।

हाल टाटाका चारपाँग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको सिप्रदीले अब नेपालमै दुईपाँग्रे इलेक्ट्रीक सवारीसाधन उत्पादन गर्ने भएको हो ।

सिप्रदिले नेपाली स्टार्ट अप इलेक्ट्रीक यात्री इनर्जीसँग सहकार्य गर्दै नेपालमै इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्ने भएको हो । शुक्रबार दुवै कम्पनीले सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । यद्यपि, हालसम्म सार्वजनिक भने गरेका छैनन् ।

यात्रीले २०७६ पुसदेखि नेपालमै इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्दै आएको छ । यात्री इनर्जीले पी १ मोटरसाइकलको डिजाइन तथा उत्पादनको काम गर्दै आएको छ ।

पूर्णतया नेपालमै बनेको यो मोटरसाइकल अहिले नेपाली सडकमा १०० यूनिट हाराहारीमा गुडिरहेका छन् । यात्रीको पोर्टफोलियोमा लिमिटेड एडिशन यात्री ‘पी जिरो’ र रेगुलर मोडल यात्री पी १ रहेको छ ।

यात्रीले पी १ को जेन २ ल्याउने तयारी गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।