सहकारी छानबिन समितिले माग्यो गोर्खा मिडियाको कागजात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहकारीको रकम अपचलन, दुरुपयोग र हिनामिना प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति मगाउने निर्णय गरेको छ।

समितिले छानबिनका लगि तोकिएका अनुसूची २ का ९ वटा सहकारीको विवरण माग माग्नेक्रममा गोरखा मिडिया नेटवर्कको लगानी पनि झिकाइएको हो।

समितिको बुधबार बसेको समितिको बैठकको निर्णय अनुसार ९ वटा सहकारीको पछिल्लो लेखा परीक्षण, साधारण सभाको प्रतिवेदन विवरण, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन विवरणहरू मगाउने निर्णय गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।