जीबी राईलाई पक्राउ गर्ने गृहमन्त्रीको नियत छैन : सांसद महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कांग्रेस सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी, काम उल्टो गर्ने बताएका छन्।

आइतबार संसद् भवनबाहिर पत्रकारहरुसँग कुरकानी गर्ने उनले गृहमन्त्रीले अहिलेसम्म बोलेका कुनै कुरा दिगो र सत्य नभएको बताए। गृहमन्त्री हुनेबित्तिकै जिबी राईलाई आकाश, पातालबाट खोजेर ल्याउने भने पनि  अहिलेसम्म पक्राउ गर्न नसकेको उनले बताए।

‘गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ। उहाँले अहिलेसम्म जति पनि बोल्नुभएको फेहरिस्तलाई हामीले केलाउने हो भने कुनै पनि दिगो हुने कुरा, सत्य कुरा छैन,’ डा.महतले भने।

जिबी राईलाई पक्राउ गरेर अनुसन्धान गर्दा आफैं फस्न डरले गृहमन्त्रीले जिबीलाई पक्राउ गर्न तत्परता नदेखाएको उनले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।