असार ९ गते आइतवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ असार ९ गते | आइतवार २३ जुन २०२४। आषाढ कृष्णपक्ष, प्रतिपदा तिथि, प्रातः ५ः४८ बजेपछि द्वितीया। पूर्वाषाढा नक्षत्र, १८ः३१ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु।

आजको राशिफल

मेष : धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ। संकटमा साथ दिन परिवारका सदस्य आइपुग्ने योग छ। लगानी र श्रम भएका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ।

वृष : खाइरहेको सुविधा नै खोसिने जोखिम देखिन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। व्यापारमा लगानी गरेको भए नाफा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुने दिन छ।

मिथुन : समय राम्रो छ। मन शान्त हुनेछ। दिन रमाइलोसँगले बित्नेछ। लामो समय रोकिएको काम बन्नेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। साथीको सहयोग प्राप्त हुने दिन छ। राजनीतिक क्षेत्रमा मन गएमा सेवाको अवसर मिल्नेछ।

कर्कट : दिन चुनौतीपूर्ण छ। आरोप प्रत्यारोपको सामना गर्नुपर्ने हुनसक्छ। लगानीका स्रोत थप्नुभन्दा भएको सम्पत्ति जोगाउनु राम्रो हुनेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ। वैदेशिक लगानीबाट फाइदा हुने दिन छ।

सिंह : बलले भन्दा बुद्धिले काम सफल बन्नेछ। राजनीतिक संगठनमा रुचि बढ्नेछ। नयाँ ठाउँको यात्राले मनमा उत्साह थप्नेछ। परिवारको साथ लिएर अगाडि बढेमा लक्ष्यमा पुग्ने योग छ।

कन्या : अप्रिय शब्द सुन्नुपर्ने हुनसक्छ। खानपानमा समस्या हुनसक्छ। श्रम गरेको क्षेत्रमा फाइदा हुनेछ। न्यायको क्षेत्रबाट सफलता प्राप्त हुनेछ। आफन्तको साथ र सहयोगले दिन रमाइलो बन्नेछ।

तुला : समय राम्रो छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट नाम र दाम दुवै प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने फाइदा हुनेछ।

वृश्चिक : पुराना मित्रबाट उचित सल्लाह प्राप्त हुनेछ। नयाँ लगानी गर्नु भन्दा भएको सम्पत्तिको व्यवस्थापन गर्नु राम्रो हुनेछ। परिवारमा गोपनीयता खोल्दा धोखा हुनेछ। आफ्नो काम चुपचाप गर्नु राम्रो हुनेछ।

धनु : समय राम्रो छ। श्रम लगानीका क्षेत्रबाट उत्साह थपिनेछ। सामाजिक क्षेत्रबाट लाभ प्राप्त हुनेछ। लगानीको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : आध्य साढेसाती दशाले छोएकाले झुटो आरोप लाग्नेछ। मन अशान्त हुनेछ। जुनसुकै काममा पनि अवरोध हुनसक्छ। धैर्य भएर लागेमा निरन्तरको प्रयास सफल हुनेछ।

कुम्भ : मध्य शनिको छाया योग भएकाले बढी झर्कोफर्को हुनेछ। मन अशान्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ।

मीन : कार्य सम्पादन कठिन बन्नेछ। बोल्न नजान्दा असफल बन्ने योग छ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।