भारतले अफगानिस्तानलाई ४७ रनले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा भारतले ऐतिहासिक जित हात पारेको छ।

केनिङ्स्टन ओभल, ब्रिजटाउनमा गयराति सम्पन्न खेलमा अफगानिस्तानलाई ४७ रनले हराउँदै भारतले ऐतिहासिक जित हात पारेको हो।

भारतले दिएको १८२ रनको लक्ष्यसहित मैदान उत्रेको अफगानिस्तानले निर्धारित ओभर खेल्दै सबै विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो।

टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८१ रन बनायो। भारतको जितका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३ रनको पारी खेले भने हार्दिक पाण्ड्याले ३४ रन बनाए। विराट कोहली २४ र रिषभ पन्त २० रनमा आउट भए। त्यसबाहेक अन्य खेलाडीले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

अफगानिस्तानका लागि कप्तान राशिख खान र फजलहक फारुकीले समान ३/३ विकेट लिए भने नविन उल हकले १ विकेट हात पारे।

भारतले पहिलोपटक बारबाडोसको राजधानी ब्रिजटाउनको मैदानमा खेल जितेको हो। यसअघि भारतीय टीमले यस मैदानमा खेलेको टी–२० खेलमध्ये कुनैमा पनि जित निकाल्न सकेको थिएन।

जितसँगै सुपर ८ को समूह १ मा रहेको भारतले २ अङ्क जोडेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।