नोबेल पुरस्कार विजेता मोहम्मदीलाई एक वर्षको कारागार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको छ।

इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि कारागारमा राखिएको छ । 

‘मोहम्मदीलाई प्रणालीविरुद्ध गलत प्रचार गरेको आरोपमा एक वर्षको कारागार सजाय दिइएको छ’, वकिल मुस्तफा निलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। यो सजाय जारी गर्नुको कारणमा संसदीय निर्वाचनको बहिष्कार गर्ने आह्वान, स्विडिस र नर्वेली सांसदलाई पत्र र ‘श्रीमती दिना गालिबफका बारेमा टिप्पणी भएको उनले बताए।

मोहम्मदीले यसै महिनाको शुरुआतमा तेहरानमा ट्रायल सत्रमा भाग लिन अस्वीकार गरेका थिए। यस्तै मार्चमा कारागारबाट अडियो सन्देश साझा गर्दै इरानमा ‘महिलाविरुद्ध पूर्णस्तरको युद्ध’ को निन्दा गरेका थिए। 

हालैका महिनामा इरानी प्रहरीले महिलाका लागि मुलुकको इस्लामिक ड्रेस कोडको कार्यान्वयनलाई तीव्र बनाएको छ र विशेषगरी भिडियो निगरानीको प्रयोग गरिरहेको छ। 

सन् १९७९ को इस्लामिक क्रान्ति लगत्तै अपनाइएको नियमअन्तर्गत इरानमा महिलाहरूले सार्वजनिक स्थानमा आफ्नो कपाल ढाक्न र शालीन कपडा पहिरिन आवश्यक छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।