दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले झापामा रहेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो।

यसअघि गत चैत १२ गते सर्वोच्च अदालतले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो। न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो

सर्वोच्चको आदेशपछि काठमाडौँ विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले सम्बन्धन दिन आयोगलाई सिफारिससहित पत्राचार गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।