प्रतितोला १६ सय रुपैयाँले महँगियो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ। आइतबार छापावाला सुनको मूल्य १ हजार ६०० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ४१ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ४२ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार भने १ लाख ४० हजार ५०० रुपैयाँमा किनेबच भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ८२० रुपैयाँ कायम भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।