फिल्म बाटोः ‘रोड टु डेथ’ को प्रिमियर शो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली फिल्म बाटोः ‘रोड टु डेथ’को प्रिमियर शो भएको छ।

ललितपुरमा एक कार्यक्रमबीच फिल्मको प्रिमियर शो भएको हो। प्रिमियर शोमा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो। 

प्रिमियर शोका क्रममा अभिनेता दिव्य देवले फिल्म एकदमै राम्रो लागेको बताए। हेरिरहेको कथावस्तुभन्दा फरक रहेको उनले बताए। 

उनले दक्षिण भारतीय सिनेमा मन पराउने दर्शकका लागि फिल्म धेरै राम्रो रहेको बताए। यस्तै फिल्म अझै बन्नुपर्ने उनले बताए।

फिल्म शुक्रवार (भोलि) देशभरि प्रदर्शनमा आउँदै छ। नेपाली, तमिल, तेलुगु र हिन्दी गरी ४ भाषामा बनेको यो फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापा हुन्। 

फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजयआनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको अभिनय रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।