वाणिज्य बैंकहरुले कमाए ४८ अर्ब नाफाः सबैभन्दा बढी नबिलको, पच्छ्याउँदै ग्लोबल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना (साउन-वैशाख)मा वाणिज्य बैंकहरूले झण्डै आधा खर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाखसम्म २० वाणिज्य बैंकहरूले कुल ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका हुन् ।

गत आवको वैशाखको तुलनामा चालु आवको सोही महिनामा वाणिज्य बैंकहरूको खुद नाफा १४.९७ प्रतिशतले घटेको छ । गत वर्ष वैशाखसम्म वाणिज्य बैंकहरूले कुल ५७ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका थिए ।

वैशाखसम्म नबिल बैंकले सर्वाधिक ५ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नबिललाई पछ्याएको ग्लोबले यस अवधिमा ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नबिलले ग्लोबलकोभन्दा १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।

त्यस्तै, वैशाखसम्म नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्शियलले ३ अर्ब बढी नाफा कमाएका छन् । इन्भेष्टमेन्टले ३ अर्ब ७७ करोड र प्राइमले ३ अर्ब २२ करोड नाफा कमाएको छ ।

त्यस्तै, वैशाखसम्म ५ बैंकले साढे २ अर्ब बढी नाफा कमाएका छन् । जसमा एभ्रेष्टले २ अर्ब ९८ करोड, कृषि विकासले २ अर्ब ६९ करोड, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ६६ करोड, राष्ट्रिय वाणिज्यले २ अर्ब ५६ करोड र प्रभुले २ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ ।

वैशाखसम्म एनएमबीले २ अर्ब ४८ करोड, हिमालयन २ अर्ब २२ करोड र एनआइसीले २ अर्ब १६ करोड नाफा कमाएको छ ।

यस अवधिमा ७ बैंकले १ अर्बदेखि २ अर्बभन्दा कम नाफा कमाएका छन् । सिद्धार्थले १ अर्ब ९७ करोड, लक्ष्मी सनराइजले १ अर्ब ९५ करोड, सानिमा १ अर्ब ७४ करोड, सिटिजन्स १ अर्ब ५० करोड, कुमारी १ अर्ब ४३ करोड, नेपाल एसबीआइ १ अर्ब ४२ करोड, माछापुच्छ्रे १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको छ ।

विकास बैंकतर्फ भने मुक्तिनाथ र गरिमा अगाडि छन्। चालू १० महिनामा मुक्तिनाथ विकास बैंक ९९ करोड रुपैयाँ नाफासहित अगाडि छ भने दोस्रो नम्बरमा ७५ करोड रुपैयाँसहित गरिमा विकास बैंक छ।

यस्तै वित्त कम्पनीहरूमा भने २० करोड रुपैयाँ नाफासहित मन्जुश्री फाइनान्स कम्पनी सबैभन्दा अगाडि छ।

समग्रमा चालू १० महिनामा सर्वाधिक कमाउनेमा वाणिज्य बैंकतर्फ ५ अर्ब ४६ करोड रुपैयाँसहित नबिल बैंक, विकास बैंकतर्फ झण्डै एक अर्ब रुपैयाँसहित मुक्तिनाथ विकास बैंक र फाइनान्सतर्फ २० करोड रुपैयाँसहित मन्जुश्री फाइनान्स कम्पनी अगाडि छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।