मिडियासंग पशु कल्याणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पशु कल्याणको लागि एनिमल नेपालले पशु कल्याणसम्बन्धी अन्तरक्रिया गरेको छ ।

पशुपन्छी कल्याणको पैरवी गर्दै आएको एनिमल नेपालले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले पशुमाथिको ज्यादति अन्त्यमा जोड दिँदै तिनलाई स्वतन्त्रता प्रदान गर्न आग्रह गरे ।

विभिन्न मिडीयाका प्रतिनिधिको उपस्थितिमा पशु कल्याणको दृष्टिकोणले देखिएका समस्या, कुखुरा, राँगा, भैंसी तथा अन्य पशुपन्छी ढुवानीमा देखिएका समस्या तथा पशु आरामगृहको आवश्यकताबारे अन्तक्र्रियामा गरीएको हो ।

पशुपन्छीमाथिको ज्यादति थेगिनसक्नुसँग बढेको भन्दै सरोकारवालाले यससम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अवलम्बन गर्न सरकारसँग माग गरेका छन् । पशुपन्छी कल्याणको पैरवी गर्दै आएको एनिमल नेपालले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले पशुमाथिको ज्यादति अन्त्यमा जोड दिँदै तिनलाई स्वतन्त्रता प्रदान गर्न आग्रह गरे ।

एनिमल नेपालकी प्रमुख सुलक्षणा राणाले पशु कल्याणका लागि अन्तर्राष्ट्रियस्तरमा पाँचवटा प्रावधानहरु अभ्यासमा रहेकाले त्यसलाई नेपालमा पनि अंगीकार गर्न सरकारसँग माग गरिन् । पाँचवटा प्रावधानहरु जस्तै, भोक प्यास र कुपोषण हुन नदिने, डर त्रास र तनाव हुन नदिने, भौतिक तथा शित, तापजन्य असुविधाबाट सुरक्षित गर्ने, पीडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित राख्ने र सामान्य व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने अवस्था सुनिश्चित गर्ने रहेका छन । त्यो अब नेपालमा पनि कायम हुनुपर्छ,’ उनले भनिन् ।

उनले जनावरबाट मान्छेमा सर्ने रोग आगामी दिनमा बढ्ने चिन्तासमेत व्यक्त गरिन् । कतिपय रोग पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने भए पनि यसप्रति गम्भीरताबोध नदेखिएको उनको भनाइ छ ।

उनले विद्यमान कानुन तथा नियम र अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको पूर्ण पालना गराउनु राज्यको कर्तव्य भए पनि राज्यबाट पशुपक्षीहरूप्रति कल्याणको काम नभएको गुनासो समेत गरिन। पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५, सम्बन्धित नियमावली, ढुवानी मापदण्ड, पशु कल्याण निर्देशिका २०७३, मुलुकी ऐन अपराध संहिता २०७४ ले पशुपक्षीको पालन, हेरचाह, ढुवानी तथा कल्याणका सम्बन्धमा गरेको व्यवस्थालाई पालना गराउन सकेमात्र नेपालको पशु कल्याणको अवस्था सुधार हुनेमा उनको  जोड थियो ।

सन् २००९ मा प्रमदा शाहको अध्यक्षतामा स्थापना भएको एनिमल नेपालले चितवन जिल्लामा विगत चार वर्षदेखि ब्रोइलर कुखुरा, लेयर्श कुखुरा, राँगा, भैसीलगायतको कल्याणका लागि काम गरिरहेको छ। त्यसका साथै सामुदायिक कुकुर, भारबाहक जनावरहरू गधा, खच्चर, घोडाका लागि काठमाडौं, ललितपुर, धादिङ, गोरखा, बारा, चितवन, रूपन्देही, बाँके, कैलाली, कास्कीलगायतका जिल्लामा प्रत्यक्षरूपमा काम गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।