टी-२० विश्वकप : सन्दीप लामिछानेले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली स्टार लेगस्पिनर सन्दीप लामिछानेले टी–२० विश्वकपको वेस्ट इण्डिजमा हुने बाँकी खेल खेल्ने भएका छन् । क्यानले सन्दीपले विश्वकपको बाँकी खेल खेल्ने भएसँगै युवा बलर प्रतिश जिसी रिजर्भ प्लेयरको सूचीमा राखेको कुरा पनि विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि अमेरिकी दूतावासले भिसा नदिँदा सन्दीप अमेरिका जान पाएका थिएनन् । सोही कारण उनले गत मंगलबार नेदरल्याण्ड्सँग भएको खेल पनि गुमाए । यस्तै, सन्दीपले आउँदो बुधबार हुने श्रीलंकासँगको खेल पनि गुमाउनेछन् ।

यद्यपि उनले १५ र १७ जुनमा क्यारेबियन देश सेन्ट भिन्सेन्टमा हुने विश्वकप म्याच भने खेल्न पाउने बताइएको छ ।

क्यानले लेग स्पिनर लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा नदिएपश्चात अमेरिकामा हुने खेलमा सहभागी हुन नपाएको जनाएको छ।

क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘जारी आईसीसी टी -२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं। सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो। लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौं।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।