काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रु पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
‘कलंकीस्थित सेतो खरायो रेष्टुराँ नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा हाम्रो परिसरबाट खटिएको विशेष प्रहरी टोलीले निजलाई गए राति पक्राउ गरी आज सार्वजनिक गरिएको हो,’ उनले भने।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार्यमा निलिमा श्रेष्ठको संलग्नता देखिएपछि निजलाई नागार्जुन–५ स्थित पद्मा कोलनीबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

 
		    		 About Us
                        About Us
Comment