गाँजा खुला गर्न एक महिना भित्रै नियमावली बनाउने गृहमन्त्रीको प्रतिवद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिना भित्र गाँजासम्बन्धी नियमावली ल्याउने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री लामिछानेले औषधि र गाँजाबाट विभिन्न सामग्री निर्माणका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउने बताए।

उनले मन्त्रालयले यसबारे काम गरिरहेको बताउँदै एक महिना भित्रै नियमावली आउने प्रतिबद्धता व्यक्त गरे। 

बैठकमा समितिका सभापति आरजु राणा देउवाले भदौसम्म गाँजा खुला गर्ने नियमावली ल्याउन मन्त्रालयलाई निर्देशन समेत दिएकी छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।