बालमन्दिर जग्गा प्रकरणमा तत्कालिन उपाध्यक्ष श्रेष्ठ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नक्सालस्थित बालमन्दिरको जग्गा भाडामा ठगी भएको आरोपमा नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

श्रेष्ठलाई सीआईबीको टोलीले शुक्रबार काठमाडौंबाटै पक्राउ गरेको हो। जग्गा भाडा प्रकरणमा श्रेष्ठसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

उक्त प्रकरणमा गत २७ वैशाखमा उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।