प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज पनि  बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा  बिहान ११ः०० बजे बस्ने बैठकमा  बजेटमाथिको छलफल जारी रहने भएको छ। 

गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको थियो । बैठकमा हिजोबाट सुरु भएको आगामी आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि आज पनि छलफल जारी रहने छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–८० पेश गर्ने कार्यसूची रहेको छ।

आइतबारको बैठकमा विभिन्न दलका सांसदहरुले बजेटमाथि आआफ्नो धारणा राख्दै मिश्रित प्रतिक्रिया दिएका छन् ।

सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।