संविधान दिवसमा ‘ह्रस्व दीर्घ’ आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ संविधान दिवस अर्थात असोज ३ गते रिलिज हुने भएको छ। यसअघि फिल्म असोज ११ गते बाट प्रदर्शनमा आउने बताइएको थियो।

निर्मात्री नीताले वितरण कम्पनी र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज हेरफेर गरिएको बताइन्।

‘हाम्रो फिल्म कुन मितिमा ल्याउने विषयमा हामी गम्भीर छौं। त्यसकारण असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिती रोजिएको हो,’ नीताले भनिन्।

फिल्मको यतिबेला धमाधम डबिङको काम भइहेको छ। फिल्मको डबिङका लागि अभिनेत्री विपना थापा नेपालमा छिन्।

चन्द्र पन्त निर्देशित फिल्ममा नीतासँगै, हरिहर अधिकारी, दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ।

सोसल ड्रामासहितको प्रेमकथामा आधारित फिल्म भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ। अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा बलिउडका स्थापित छायाँकार कविरलालको छायांकन छ।

नीता फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा मित्र डि गुरुङको सम्पादन, धनञ्जय घलानीको कास्टिङ, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।