जेठ १९ गते शनिवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ जेठ १९ गते | शनिवार १ जुन २०२४। ज्येष्ठ कृष्णपक्ष नवमी तिथि, प्रातः ६ः२० बजेपछि दशमी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन।

आजको राशिफल

मेष : दिन संघर्षमय बन्नेछ। लगानीको उचित मूल्यांकन हुनेछ। बोल्नु अगाडि धेरै मानिसको हितलाई हेरेर बोल्नु राम्रो हुनेछ। शिक्षामा सफलता प्राप्त हुने दिन छ। व्यापारमा फाइदा हुनेछ।

वृष : दिन रमाइलो छ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : खर्च बढ्ने समय छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। सामाजिक र पारिवारिक क्षेत्रबाट सहयोग मिल्नेछ। व्यापारमा घाटा हुने भएकाले लगानी गर्नु अगाडि सोच्नु राम्रो हुनेछ।

कर्कट : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। व्यापारमा फाइदा हुने दिन छ। राजनीतिमा संकट देखिन सक्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सहयोग प्राप्त होला।

सिंह : यात्रामा सचेत हुनुपर्ने दिन छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता प्राप्त हुनेछ। ठुलो काम गर्नुपर्ने भए परिवारमा छलफल गर्नु राम्रो हुनेछ। व्यापारमा लाभ प्राप्त होला। सम्मान प्राप्त हुने योग छ।

कन्या : समय राम्रो छ। पारिवारिक भेट रमाइलो हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। साथीबाट सकारात्मक साथ मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। साथीले प्रशंसा गर्ने योग छ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह थपिने छ।

वृश्चिक : सोचेको काम बन्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

धनु : संघर्षमय दिन छ। कुरा काट्ने सक्रिय छन्। व्यवहार गर्दा सचेत हुनुपर्ने छ। पेट सम्बन्धी समस्याले सताउने देखिन्छ। कुनै अंश दान गर्नु तपाईंको लागि फाइदाजनक हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मकर : समय तपाईं अनुकुल रहनेछ। गुम्न लागेको धन हात लाग्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्य लाभ प्राप्त हुनेछ। परिवाारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँगको भेट रमाइलो होला।

मीन : दिन राम्रो छ। बोलीको प्रभाव रहनेछ। आफ्नो इच्छा बमोजिमका क्षेत्रमा लगानी गरे फाइदा हुनेछ। लगानीको क्षेत्रमा उत्साह मिल्नेछ।। बोल्नु अगाडि एक पटक सोच्नुपर्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।