चुनाव अघि मोदीले सुरु गरे ४५ घण्टे ध्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ४५ घन्टे ध्यान सुरु भएको छ। लोकसभाको निर्वाचन अघि भारतीय प्रधानमन्त्री मोदीले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा गएर ध्यान सुरु गरेका हुन्।

उनले बिहीवार स्थानीय समय अनुसार साँझ ६ः४५ बजे ध्यान सुरु गरेका हुन्। ध्यान अवधिभरी उनले मौनव्रत पनि राख्ने छन्। समाचार संस्था एएनआईका अनुसार प्रधानमन्त्री मोदीको ध्यान भोलि जुन १ का दिन साँझसम्म जारी रहने छ।

१३१ वर्ष अघि स्वामी विवेकानन्दले ध्यान गरेको शिलामा नै प्रधानमन्त्री मोदीले पनि ध्यान गरिरहेका छन्।

४५ घन्टामो ध्यानको क्रममा उनले तरल पदार्थको मात्रै सेवन गर्नेछन्। जसमा उनले नरिवलको पानी र अङ्गुरको जुस मात्रै पिउने बताइएको छ। ध्यानको क्रममा मौनव्रत राख्दै उनी ध्यान कक्षबाट बाहिर ननिस्कने पनि बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।