बजेटमा सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको अर्थमन्त्री पुनको दावी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१\८२ को बजेटबाट सकारात्मक प्रतिक्रिया पाएको दाबी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले आगामी आवका लागि सरकारले पारदर्शी र तथ्यमा आधारित बजेट ल्याएकाले सबैको सकारात्मक प्रतिक्रिया पाएको दाबी गरे ।

सो अवसरमा मन्त्री पुनले बजेट निर्माणमा सबै मन्त्रालय, कार्यालय र निजी क्षेत्रहरुको योगदान रहेको बताए । ‘बजेटमा मैले एक्लै हिस्सेदारी लिन मिल्दैन,’ मन्त्री पुनले भने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।