मुख्यमन्त्री पाण्डेसँगै २ मन्त्रीले दिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की । गण्डकी प्रदेशका नवनियुक्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन्।

मुख्यमन्त्री पाण्डेलाई बुधबार अपरान्ह प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका थिए।

सोमबार सर्वोच्च अदालतले खगराज अधिकारीको नियुक्त बदर गर्दै नेपाली कांग्रेसका गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सोही बमोजित प्रदेश प्रमुख भट्टले पाण्डेलाई बुधबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री पाण्डेले ३ सदस्यीय मन्त्रिमण्डल पनि विस्तार गरेका छन्। उनले डा. टकराज गुरुङलाई अर्थमन्त्री र विन्दूकुमार थापालई समाजिक विकास मन्त्री बनाएका छन्। दुवै जना कांग्रेसका हुन्।

गुरुङ र थापाले पनि आजै शपथ ग्रहण गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।