लिङदेनको टिप्पणी- सीता दाहाल कलेज र प्रधानमन्त्री छोरी कार्यक्रम कस्तो हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेटमा केही नयाँ नभएको टिप्पणी गरेका छन् ।

उनले  बजेटमा समावेश भएको सीता दाहाल कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम कस्तो हो भन्दै सरकारलाई प्रश्न समेत गरे । 

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले बजेटमा अन्य केही नयाँ नभएको टिप्पणी गरे । 

उनले भने, ‘अनुमान, अनुदान र ऋणमा बजेट आधारित भयो, आशा जगाउने कुरा केही छैन । बजेटमा नयाँ भनेको सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम आएका छन् । यो कस्तो कार्यक्रम हो ।’ ?

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।