तरकारीको मूल्य अभिवृद्धि कर खारेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आलु, प्याज र तरकारीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ।

चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले आलु(प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि दर (भ्याट) लगाएको थियो। यसले यी वस्तुको मूल्य महँगो बनाएको थियो। यसको व्यवसायीदेखि गृहिणीसम्मले विरोध गरेका थिए।  अर्थमन्त्री वर्षमान पुनले यी वस्तुमा लागेको भ्याट हटाइएको बताए। 

बजेटले मदिरा तथा चुरोटको अन्तस्शुल्क दर बढाएको छ। त्‍यसैले यी वस्तुको मूल्य थप बढ्नेछ। 

त्यसैगरी, कोइलाको आयातमा हरित कर शुरू गरिएको मन्त्री पुनले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।