जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई सरकारले छुट्यायो २१ अर्ब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट पुगेको भौतिक संरचना निर्माण का लागि २१ अर्ब ६० करोड रकम विनियोजन गरेको छ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण गरेर पुनर्निर्माणलाई तीव्रता दिइने बताए।

‘सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवन लगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गरिनेछ,’ उनले भने, ‘भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड विनियोजन गरेको छु।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।