नयाँ बजेटमा शिक्षामा नयाँ योजना, दिवा खाजाका लागि ८ अर्ब ३९

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारले जीवनोपयोगी र गुणस्तरीय शिक्षाका माध्यमबाट नैतिकवान र मर्यादित समाजको विकास गर्ने घोषणा गरेको छ।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गरिने बताएका हुन्। उनले सिपमूलक र प्राविधिक शिक्षा विस्तार गरि रोजगारीका अवसर सिर्जना गर्ने घोषणा गरे।

मन्त्री पुनले उच्च शिक्षालाई अनुसन्धानमूलक, प्रवद्र्धनमुखि र व्यवसायीक बनाइने बताए।

त्यस्तै, सरकारले विद्यालय परिचय पत्रलाई घटना दर्ता तथा सामाजिक सुरक्षा सूचना प्रणालीमा आवद्ध गरी स्थानान्तरण र छात्रवृत्ति वितरणलाई व्यवस्थित गरिने बताए।

त्यसैगरि बालबिकास शिक्षाको गुणस्तर वृद्धि गर्न बालविकासका एक हाजार पाँच सय शिक्षकलाई बुट क्याम्पमा सहभागि गराइने अर्थमन्त्रीले उद्घोष गरे।

सरकारले कक्षा १ देखि ५ सम्मको दिवा खाजामा स्थानीय उत्पादनलाई प्रयोग गर्ने व्यवस्था मिलाइने पुनले बताए।

कर्णालीका जुम्ला, हुम्ला र कालिकोटका विद्यार्थीलाई दिइँदै आएको दिवा खाजा रकममा वृद्धि गरेको पुनले बताए। दिवा खाजाका लागि सरकारले आठ अर्ब ३९ करोड विनियोजन गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।