सरकारी कार्यालयहरूमा विदेशी गलैंचा प्रयोग गर्न रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारले सरकारी कार्यालयहरूमा विदेशी गलैंचा प्रयोग गर्न रोक लगाएको छ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दैे यस्तो बताएका हुन्।

सरकारी कार्यालयहरूमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको उनले बजेट वक्तव्यमा बताए।

अर्थमन्त्री पुनले भूमि प्रशासन अभिलेखलाई डिजिटाइज गर्ने योजना पनि ल्याएका छन्। नापनक्सा कार्यलाई थप व्यवस्थित गरिने योजना समेत ल्याइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।