सरकारले सामाजिक सञ्जालका विज्ञापन नियमन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा आउने विज्ञापनहरु नियमन गर्ने भएको छ। 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले इन्टरनेटको प्रयोगलाई मर्यादित बनाउन यस्तो योजना बनाएको बताएका छन्।

उनले डिजिटल प्लेटफर्ममार्फत गरिने विज्ञापन नियमन गरिने र विज्ञापन क्षेत्रलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गरिने बताए।

यस्तै सञ्चारमाध्यमलाई उपलब्ध गराइने लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिइएको पनि उनले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।