आईटी क्षेत्रबाट १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत् सूचना प्रविधि क्षेत्रमा १० वर्षमा पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्दै ३० खर्बको निर्यात गर्ने लक्ष्य राखिएको बताए।

सरकारले आगामी आर्थिक वर्षलाई ‘सूचना प्रविधि दशक’को सुरुवाती वर्ष मानेको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले सो योजना सार्वजनिक गरेका हुन्।

आईटी क्षेत्रलाई अर्थतन्त्रको संवाहकका रूपमा मानिने र यस क्षेत्रमा नीतिगत स्थायित्व, इन्टरनेट, डाटादेखि वौद्धिक सम्पत्ति संरक्षण प्रदान गरिने पनि उनले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।