आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै, प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशतले मात्रै हुने बताएका छन्।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आर्थिक वृद्धिदर ३.९ मा सीमित हुने बताएका हुन्।

नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर एक हजार ४ सय ५६ पुगेको उनले जनाएका छन्।

उकुल ग्राहस्थ उत्पादन चालु आर्थिक वर्षमा ५७ खर्ब पाँच अर्ब रुपियाँ हुने अनुमान छ। विद्युत उत्पादन तीन हजार ६० मेगावाट पुगेको छ।

यसैबीच ५६.१ बाट बढेर  ९८ प्रतिशतमा विद्युत सेवामा पहुँच पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।