संसद् बैठक ३ बजेका लागि सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद्‌का दुवै सदनको बैठक मंगलबार ३ बजेका लागि सरेको छ। आज १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।

आजको संसद् बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट घोषणा प्रस्तुत गर्दैछ। सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

मन्त्रिपरिषद्‌बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन छ।

सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ।

सोमबार कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।