गिरिबन्धु टि–स्टेट घोटलाको छानविन गर्न राप्रपाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गिरीबन्धु टि–स्टेट घोटालाको छानबिन गर्न सरकारसँग माग गरेको छ।

सोमबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै अध्यक्ष राजेनद्र लिङ्देनले यस्तो माग गरे। उनले नीतिगत निणर्यको आवराणमा कानुन नै परिवर्तन गरेर हुने भ्रष्टाचारको छाविनन गर्न माग गरेका छन्।

‘गिरीबन्धु टि–स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएका समाचार आइरहेका छन्। यस प्रकारको नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन राप्रपाले माग गर्ने निर्णय गरेको छ’, अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

गिरिबन्धु टि इस्टेटको २४३ विघा भन्दा बढी जग्गा सट्टापट्टा गर्न ओली नेतृत्वको सरकारका पालामा बनेको कानुनलाई खारेज गरेको सर्वोच्च अदालतले त्यो निर्णयलाई नीतिगत भ्रष्टाचार भनेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि गिरिबन्धु टि–स्टेट प्रकरणको छानविन गर्न माग गर्दै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।